Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

प्रधानमन्त्रीको भियतनाम र कम्बोडिया भ्रमण ढुकुटी खर्चको मेलो मात्र – परराष्ट्रविद्

प्रधानमन्त्रीको भियतनाम र कम्बोडिया भ्रमण ढुकुटी खर्चको मेलो मात्र – परराष्ट्रविद्

काठमाडौं,२४ बैशाख । प्रधानमन्त्रीले केपी शर्मा ओलीले आउदो विहिवार देखि गर्न लागेको भियतनाम र कम्बोडिया भ्रमणलाइ विज्ञहहरु केवल राज्यकोषको ढुकुटी खर्च गर्ने मेलोमात्र भएको बताएका छन् । कर्मचारीहरुलाई विदेश भ्रमणमा फजुल खर्च नगर्न रोक लगाउने प्रधानमन्त्रीले कुनै आर्थिक सम्वन्ध एव कुटनीतिक महत्व नरहेको देशको भ्रमणमा राज्यकोषको ढुकुटी खर्च नगर्न परराष्ट्र मामला जानाकारहरुले सुझाब दिएका छन् ।

राष्ट्रिय ढुकुटी खर्च गर्दा मुलुकको कूटनीतिक महत्व र प्राथमिकताका विषयमा प्रस्ट हुनुपर्छ । जनताको करबाट खर्च गर्नुपर्ने भएकाले त्यसको औचित्य पुष्टि गर्नुपर्ने विदेश मामिला जानकार जयराज आचार्यले बताए ।

लामो समयदेखि एउटै व्यक्तिले लामो समयसम्म तानाशाही व्यवस्था सञ्चालन गरिरहेको मुलुकमा नेपालका प्रधानमन्त्रीको भ्रमणले राम्रो सन्देश नदिने उनको तर्क छ । संसदमा बजेट अधिवेशन जारी रहिरदा दलहरुसँग परामर्शमा रहनु पर्ने सरकारका प्रधानमन्त्री विदेश भ्रमणमा जाने प्रचलन संसदीय व्यवस्थाको अनुकूल नहुने कतिपयको मत छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x