Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

चार श्रीमती सहित यातायात कार्यालय कोसीका लेखापाल विरुद्ध भ्रष्टाचारको मुद्धा

चार श्रीमती सहित यातायात कार्यालय कोसीका लेखापाल विरुद्ध भ्रष्टाचारको मुद्धा

काठमाडौं,२४ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय कोसीका लेखापाल सुरेश अधिकारी सहित उनका चारबाट श्रीमति विरुद्ध अकुत सम्पत्ति कमाएको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । अधिकारीले पदीय मर्यादाविपरीत कार्य गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको र अस्वाभाविक उच्च जीवनशैली यापन गरेको अख्तियारले दायर गरेको उजुरीमा उल्लेख छ । अधिकारीविरुद्ध ५ करोड १० लाख ३३ हजार ६ सय २३ रुपैयाँभन्दा बढी अकुत सम्पत्ति कमाएको भन्दै विशेष अदालत काठमाडौंमा सोमबार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । अधिकारीले आफू र श्रीमतीहरू दुर्गा अधिकारी, दीपा श्रेष्ठ (अधिकारी) सुस्मिता अधिकारी, सोममाया श्रेष्ठलगायत सासू पुष्पकुमारी निरौला र मामा नाता पर्ने बलराम शर्मासमेतका नाममा सम्पत्ति राखेका अभियोग छ । भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेकाले उनले सो सम्पत्ति राख्नकै लागि चारवटीसम्म विवाह गरेको बताइएको छ ।  आयोगले उनका चारवटै श्रीमतीमाथि पनि अदालतले भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनको वैध आम्दानी जम्मा ८८ लाख ३४ हजार ८ सय ८५ देखिएको तर ५ करोड १० लाख ३३ हजार ६ सय ३३ रुपैयाँ अकुत सम्पत्ति कमाएको देखिएको अख्तियारको छानविनले देखाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x