Date

बुध, कार्तिक ७, २०८१
Wed, October 23, 2024

चर्को व्याजदरले स्वदेशी पूँजी परिचालन खुम्चिएको संसदहरुको गुनासो

चर्को व्याजदरले स्वदेशी पूँजी परिचालन खुम्चिएको संसदहरुको गुनासो

काठमाडौं,२३ बैशाख ।  सासदहरुले बैकको चर्को ब्याजदरका कारण स्वदेशी पूँजी परिचालन खुम्चिएको त्यसलाइ सवोधन गर्न आग्रह गरेका छन्  । प्रतिनिधिसभा वैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा साससदहरुले चर्को व्याजदरले स्वदेशी पूँजी परिचालन खुम्चिएको, विदेशी लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको भन्दै त्यसलाइ सम्वोधन गर्ने खालका कार्यक्रम नीति कार्यक्रमले नसमेटेको धारणा राखे । दोश्रो दिन भएको छलफलमा पनि सांसदहरुको मिश्रित प्रतिकृया आएको छ । सत्ता पक्षका सांसदहरुले नीति तथा कार्यक्रमको समर्थन गरे भने प्रतिपक्षि दलका सांसदहरुले विभिन्न आधार देखाएर आलोचना गरे । युवा रोजगार, कृषि क्षेत्र सुधार, उर्जा र जलश्रोत अनी पुर्वाधार विकास जस्ता धेरै राम्रा कार्यक्रम समावेस गरिएकाले सतही आलोचनाको कुनै अर्थ नभएको धारणा सत्ता पक्षका सांसदहरुको छ ।

प्रतिपक्षी दलका सांसदहरुले वार्षिक नीति तथा कार्यक्रममा ३/४ वर्षसम्मको योजना राखेर त्रिवर्षिय योजना जस्तो वनाएको टिप्पणी गर्दै वार्षिक नीति तथा कार्यक्रममा वर्ष भरी कार्यान्वय गर्ने ठोस कार्यक्रमहरु मात्र समावेस हुनु पर्ने दीर्घकालीन योजनको चाङ्ग लगाइएको भन्दै विरोध गरे । नीति तथा कार्यक्रम अति महत्वकाँक्षी आउने र त्यसलाइ सम्वोधन गर्ने वजेटको अन्तिम कार्यान्वयको स्थिति निराशाजनक हुने प्रवृतीले नागरिकमा निरासा छाएको सांसदहरुले भनाइ थियो ।

घाटा वजेट वनाएर पनि कार्यन्वयनको अवस्था ३०/४० प्रतिशत भन्दा माथि बढाउन नसक्दासम्म जस्तो सुकै नीति तथा कार्यक्रम आएपनि त्यसको अनुभूती नागरिकले गर्न नपाउने भन्दै समाजवाद उन्मुख अर्थतन्त्रको निर्माणमा वाधक रहेको न्युन वजेट कार्यान्वयनको अवस्थालाइ अन्त गर्ने खालका कार्यक्रम पनि समावेस माग गरे । प्रतिनिधिसभाको अर्को बैठक भोलि बिहान ११ बजे बस्नेछ ।।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x