एनआईसी र भाटभटेनी मनी ट्रान्सफरबीच रेमिटेन्स सम्झौता
काठमाडौं, २५ बैशाख । एनआईसी एशिया बैंक लिमिटेड र भाटभटेनी मनी ट्रान्सफर प्रालिबीच देश तथा विदेशबाट आएको विप्रेषण रकम भुक्तानी सम्झौता भएको छ। सम्झौतासँगै बैंकको देशभरी रहेका २ सय ८२ शाखा कार्यालय तथा ४० वटा एक्सटेन्सन काउण्टरमार्फत ग्राहकहरूले रकम झिक्न पाउने छन् ।
लगभग १६ लाख ग्राहक भएको यस बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै मुलुकको अग्रणी बैंक बन्न सफल भएको दाबी गरेको छ।