Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

प्रोग्रेशिभ फाइनान्स र सिटी एक्स्प्रेस फाइनान्स आईपीएसमा आवद्ध

प्रोग्रेशिभ फाइनान्स र सिटी एक्स्प्रेस फाइनान्स आईपीएसमा आवद्ध

काठमाडौं, २५ बैशाख । प्रोग्रेशिभ फाइनान्स लिमिटेड र सिटी एक्सप्रोस फाइनान्स कम्पनी लिमिटेड आईपीएस ई–पेमेन्ट सेवामा आवद्ध भएका छन् । नेपाल क्लियरिङ्ग हाउसले सञ्चालनमा ल्याएको उक्त सेवामा प्रोग्रेशिभ फाइनान्स र सिटी एक्स्प्रेस एकैसाथ आवद्ध भएका हुन् ।

फाइनान्स कम्पनीका ग्राहकहरुले अब यस प्रणालीको अनलाइन पोर्टल अथवा मोबाईल एप्स मार्फत सिधै आफ्नो बैक खाता प्रयोग गरी कारोबार गर्न सक्ने छन् । प्रणाली मार्फत ग्राहकहरुले नेपाल सरकारको राजस्व, लोकसेवा आयोगको परिक्षा शुल्क, रकम ट्रान्सफर, क्रेडिट कार्ड बिलभुक्तानी, मोबाईल वालेटमा फण्ड लोड र अनलोड, सेयर ब्रोकरको भुक्तानी, डिम्याट् र मेरो सेयरको नविकरण भुक्तानी गर्न सक्ने व्यवस्था रहेको जनाइएको छ ।

यसबाट ग्राहकले कारोबार गर्दा अनलाईन पोर्टल मार्फत प्रति कारोबार १ लाख रुपैयाँसम्म र मोबाईल एप्स मार्फत प्रति कारोबार ५ हजार रुपैयाँसम्मको भुक्तानी कारोबार गर्न सक्ने व्यवस्था रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x