Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

बजेट निर्माणमा पूर्वअर्थमन्त्रीहरुको सुझाव – ‘लोकप्रिय भन्दा पनि देशहितमा ध्यान दिऊ’

बजेट निर्माणमा पूर्वअर्थमन्त्रीहरुको सुझाव – ‘लोकप्रिय भन्दा पनि देशहितमा ध्यान दिऊ’

काठमाडौं, २५ बैशाख । पूर्वअर्थमन्त्रीहरुले आगामी आर्थिक वर्षको बजेट लोकप्रिय भन्दा पनि देशको हितमा हुने गरि बनाउन सुझाव दिएका छन् । अर्थमन्त्री डा.युवराज खतिवडा सहभागि संसदको अर्थ समितिको बैठकमा पूर्वअर्थमन्त्री बाबुराम भट्टराई, सुरेन्द्र पाण्डे र ज्ञानेन्द्रबहादुर कार्कीले देशको हितलाई ध्यान दिएर बजेट बनाउन सुझाएका हुन ।

सरकारले ल्याएको नीति तथा कार्यक्रम आर्थिक भन्दा पनि राजनीतिक तबरबाट मात्र आएको र यसले लोकप्रिय बजेटको संकेत दिएको भन्दै यसमा सचेत रहन बाबुराम भट्टराईले आग्रह गरे। स्रोत र साधनको सिमालाई ध्यान दिएर बजेट निर्माण गर्न उनले सुझाए ।

त्यस्तै पूर्वअर्थमन्त्री तथा सत्तारुढ दल नेकपाका सांसद सुरेन्द्र पाण्डेले आगामी बजेट कार्यान्वयको सुनिश्चता गर्नु पर्ने बताए। यसका लागि सरकारले नीतिगत परिवर्तनको आवश्यकता टड्कारो भएको बताए । जथाभाबी बजेट बाँड्ने, सबैलाई चित्त बुझाउने तर कतै पनि केही नहुने परम्परा रहेको भन्दै पाण्डेले यो अव्यवस्था र अराजकता अन्त्य गर्न अर्थमन्त्रीले आँट गर्नु पर्ने सुझाव दिए ।

पूर्वअर्थमन्त्री तथा कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले स्रोत साधनको सीमितता बुझेर अर्थतन्त्रलाई गतिशील बनाउने गरि बजेट ल्याउनु पर्ने बताए। ठूला र प्रभावशालीहरूका लागि मात्र योजना पार्ने र प्राथमिकता बिर्सेर बजेट विनियोजन गर्ने कुप्रथा तोड्न अर्थमन्त्री खतिवडालाई उनले सुझाव दिए ।

सांसदहरूको प्रश्न र जिज्ञासाको जवाफ दिंदै अर्थमन्त्री खतिवडाले स्रोत, साधनले भ्याउनेसम्म लोकप्रिय बजेट ल्याउने गरि तयारी गरिरहेको जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x