Date

बुध, कार्तिक ७, २०८१
Wed, October 23, 2024

एनआईसी एशिया बैंकका ग्राहक र कर्मचारीलाई ब्लुक्रसमा विशेष छुट

एनआईसी एशिया बैंकका ग्राहक र कर्मचारीलाई ब्लुक्रसमा विशेष छुट

काठमाडौं, २६ बैशाख । एनआईसी एशिया बैंकका ग्राहक र कर्मचारीले त्रिपुरेश्वरको ब्लुक्रस हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउने भएका छन् । हस्पिटलबाट उपलब्ध सेवाहरुमा बैंकका कर्मचारी र ग्राहकहरुले १० प्रतिशत सम्म छुट पाउँने गरि बैंक र हस्पिटल बीच सम्झौता भएको हो ।

सम्झौता अनुसार बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट एवं क्रेडिट कार्ड प्रयोगकर्ता र बैंकका सम्पूर्ण ग्राहकहरुले पनि ब्लुक्रसमा उपचार गराउँदा छुट प्राप्त गर्न सक्ने बंैकले जनाएको छ ।

हाल बैंकले मुलुकभर २ सय ८२ शाखा कार्यालय, २ सय ८९ एटीएम, ४० वटा एक्सटेन्सन काउण्टर र २५ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x