अशोकलेलैण्डको ‘दोस्तप्लस’ नेपाली बजारमा

काठमाडौं, २७ बैशाख । आइएमई मोटर्स प्रा.लि.ले अशोकलेलैण्ड काम्पनीको नयाँ दोस्तप्लस गाडी औपचारिक रुपमा सार्वजनिक गरेको छ । आइएमई ग्रुप मार्फत सञ्चालित आइएमई मोटर्सले शुक्रबार दोस्तप्लसको काठमाडौंमा एक कार्यक्रमकाबीच सार्वजनिक गरेको हो ।

उक्त गाडीको भारवहन क्षमता १.५ टन रहेको छ । अतिरिक्त लोडिङ स्पेस, १५ इन्चको टायर, अगाडी ३ र पछाडी ६ स्प्रिङ्ग पत्ता यसका विशेषता रहेका छन् ।

दोस्तप्लस मोडलको अहिले बजार मूल्य २० लाख ४० हजार रुपैंया रहेको आइएमई मोटर्सले जानकारी दियो । यो गाडी खरिद गर्ने ग्राहकलाई गाडी खरिद गर्न अझ सहज बनाइएको छ । त्यसको लागि क्यासलेस बीमा पोलिसी सुविधा पनि ल्याएइको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *