Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

२९ स्थानीय तह बाणिज्य बैंकको पहुँच बाहिर

२९ स्थानीय तह बाणिज्य बैंकको पहुँच बाहिर

काठमाडौं, २८बैशाख । ७५३ स्थानीय तहमध्ये अझै पनि २९ स्थानीय तहमा बाणिज्य बैंकहरु पुगन् सकेका छैनन्। ७२४ स्थानीय तहमा बैंक पुगिसकेका छन् । राष्ट्र बैंकका अनुसार २०७५ अन्तिमसम्म जम्मा ७१३ तहमा मात्र वाणिज्य बैंकका शाखा पुगेका छन् । गत असारसम्म बैंक तथा वित्तीय संस्थाको कुल संख्या १५१ रहेकोमा २०७५ फागुन मसान्तमा १६७ पुगेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार फागुन मसान्तमा २८ वाणिज्य बैंक, ३३ विकास बैंक, २४ वित्त कम्पनी र ८२ लघुवित्त वित्तीय संस्था सञ्चालनमा छन् ।

राष्ट्र बैंकको फागुनसम्मको तथ्यांकअनुसार प्रदेश १ मा १३०, प्रदेश २ मा १३३, प्रदेश ३ मा ११४, गण्डकी प्रदेशमा ८२, प्रदेश ५ मा १०७ र कर्णाली प्रदेशमा ६५ तथा सुदूरपश्चिम प्रदेशमा ८२ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगेका छन् । फागुनसम्म बैंक तथा वित्तीय संस्थाका शाखा ८ हजार ५५ वटा पुगेका छन् । जसमा वाणिज्य बैंकका ३ हजार ३०५, विकास बैंकका १ हजार १९६, वित्त कम्पनीका २ सय तथा लघुवित्त कम्पनीका ३ हजार ३५४ रहेको राष्ट्र बैंकले जनाएको छ । बाटोघाटो, विद्युत् इन्टरनेट, सुरक्षा, भौगोलिक विकटतालगायत कारण देखाउँदै बैंकहरू ती स्थानीय तहमा पुगन नसकेको बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x