Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सन्राइज बैंकबाट बाहिरिए बज्राचार्य, अब को बन्ला प्रमुख कार्यकारी अधिकृत ?

सन्राइज बैंकबाट बाहिरिए बज्राचार्य, अब को बन्ला प्रमुख कार्यकारी अधिकृत ?

काठमाडौं, ३१ बैशाख । सन्राइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्यले आईतबारदेखि आफ्नो ४ वर्षे कार्यकाल पुरा गरी मंगलबारदेखि बाहिरिदैछन् । यस अघि बज्राचार्यले नेपाल राष्ट्र बैंक र नेपाल बैंक लिमिटेडको नेपाली व्यवस्थापनको सदस्यको रुपमा कार्य गरेका थिए । त्यसपश्चात निजी क्षेत्रका वाणिज्य बैंक एनसीसी बैंक, ग्लोबल आईएमई बैंक हुँदै सन्राइज बैंकमा आफ्नो कार्यकाल सफलता पूर्वक विताएका हुन् । निडर एवम् हक्की स्वभावका बज्राचार्यले सन्राइज बैंकलाई उत्कृष्ट बैंकको दर्जामा पु¥याउँन सफल भएका छन् ।

सन्राइज बैंकको मंगलबार बस्ने संचालक समितिको बैंठकले नायव महाप्रबन्धक आशा राणा अधिकारीलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने भएको छ । साथै अब सन्राइज बैंकमा अनुभवी एवम् दक्ष बैंकर खोजी गर्नु पर्ने चुनौती थपिएको छ ।

केन्द्रीय बैंकले एक बैंकमा कार्यरत प्रमुख अर्काे बैंकमा जान नपाउँने व्यवस्था अर्थात् ६ महिना अवधिको कुलिङ्ग पिरियडका कारणले प्रमुख कार्यकारी अधिकृत पाउँन मुस्किल रहेको छ । यस अघि विभिन्न वाणिज्य बैंकमा कार्यरत प्रमुखहरु किशोर महर्जन, ससिन जोशी, उपेन्द्र पौडेल, लक्ष्मण रिसाल तथा सुदेश खालिङ जस्ता अनुभवी बैंकरहरु पुनः बैंकिङ्ग क्षेत्रमा नफर्कने जानकारी उनीहरुले दिइ सकेका छन् ।

साथै भरखरै ग्लोवल आईएमईबाट बाहिरिएका जनक शर्मा पौडेल तथा कुमारी बैंकमा कार्यरत नायव कार्यकारी अधिकृत अनुजमणी तिमल्सिनाको प्रमुख कार्यकारी अधिकृतमा चर्चा भएपनि बैंक कुनै निर्णयमा नपुगेको बैंकका एक संचालकले अर्थको अर्थलाई बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x