जनता बैंकद्वारा भरतपुर आँखा अस्पताल र क्याम्पसको पुस्तकालयलाई सहयोग

 

काठमाडौं, ३१ बैशाख । जनता बैंकले भरतपुर आँखा अस्पताललाई सहयोग स्वरुप थ्रीसिटर आगन्तुक कुर्सी प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत भरतपुर आँखा अस्पताल, चितवनलाई करिब २ लाख ६० हजार रुपैयाँ बराबरको उक्त सहयोग प्रदान गरेको हो ।

बैंकको भरतपुर क्षेत्रीय उपप्रमुख संजय शर्माले नेपाल नेत्र ज्योती संघ भरतपुरका अध्यक्ष कृष्णराज धरेललाई एक कार्यक्रमकाबीच उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।

यसैगरी संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत नै वीरेन्द्र विद्यामन्दिर क्याम्पस, टीकापुर, कैलालीको पुस्तकालयलाई ७५ हजार रुपैयाँ बराबरको विभिन्न सन्दर्भ पुस्तकहरु उपलब्ध गराइएको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *