Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

‘नेपाल–इन्डिया फ्रान्चाइज इन्भेष्टमेण्ट एक्स्पो’मा भारतीय उत्कृष्ट ब्राण्डहरु प्रदर्शन गरिने

‘नेपाल–इन्डिया फ्रान्चाइज इन्भेष्टमेण्ट एक्स्पो’मा भारतीय उत्कृष्ट ब्राण्डहरु प्रदर्शन गरिने

काठमाडौं, ३१ बैशाख । नेपाल उद्योग वाणिज्य महासंघले ‘नेपाल–इन्डिया फ्रान्चाइज इन्भेष्टमेण्ट एक्स्पो’ भोलिदेखि सुरु हुने भएको छ । महासंघ र भारतीय राजदूतावासको सहकार्यमा दुई दिनसम्म चल्ने एक्स्पो काठमाडौंको होटन याक एण्ड यतिमा आयोजना हुने भएको हो । एक्स्पो जेष्ठ १ गते र जेष्ठ २ गते चल्ने छ ।

भारतका विभिन्न उत्पादनहरु नेपालमै उत्पादन गर्न सकिने तथा नयाँ स्टार्टअपका लागि ब्यवसायको नयाँ ज्ञान दिने उद्देष्यले उक्त एक्स्पो आयोजना गर्न लागिएको जनाएको छ । उक्त एक्स्पोमा नेपालमा लगानी भित्र्याउँन पहल गरिनेछ । त्यस्तै यो एक्स्पो युवाहरुलाई लक्षित गरेर ल्याईएको महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिइन् । उनका अनुसार एक्स्पोमा नेपाली भन्दा भारतीय स्टलहरु बढी रहने छन् ।

यक्स्पोमा सहभागीहरुले भारतमा उत्पादन भएका सामाग्रीहरुको प्रत्येक्ष अवलोकन गर्न सक्ने छन् । यो एक्स्पोले बैदेशिक रोजगारमा जान खोज्ने नेपाली युवाहरुलाई नेपाल मै केही गर्न प्रेरित गर्ने उनले बताइन् । एक्स्पोको उद्घाटन जेठ २ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ । उक्त एक्स्पोमा स्वदेशी र विदेशी ब्राण्डका ६० वटा स्टलहरु रहने महासंघले जनाएको छ ।

त्यसैगरी यस्तै किसिमको एक्स्पो भारनीय राजदुतावासको सहयोगमा भारतमा पनि आयोजना गरिने र त्यहाँ नेपाली ब्राण्डहरुलाई बढीभन्दाबढी समावेश गरिने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x