Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

कालिकोट र दैलेखमा नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा विस्तार

कालिकोट र दैलेखमा नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा विस्तार

काठमाडौं, ६ पुस । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले कालिकोटको नाग्ममा ६२ औं र दैलेखको डाबमा ६३औं शाखा विस्तार गरेको छ । यसअघि यी दुबैं स्थानमा एक्स्टेन्सन काउन्टर रहेकोमा स्थानीय आवश्यकता अनुसार आर्थिक कारोबार बढी हुन थालेकाले शाखाको रुपमा रुपान्तरण गरिएको बैकले जनाएको छ ।

यी दुई शाखासहित सुर्खेत र जुम्ला गरी अब प्रदेश नम्बर ६ मा नेपाल इन्भेष्टमेण्ट बैंकको शाखा संख्या चार वटा पुगेको छ । वाणिज्य बैंकहरुमध्ये नेपाल इन्भेष्टमेण्ट बैंकको शाखा रहेको जुम्लाको तिलागुफा नगरपालिकाको नाग्म बजार, कालिकोट र मुगु आवत जावत गर्ने सडक संजाल भएको मुख्य क्षेत्र हो । दैलेखको आठविश नगरपालिमामा रहेको डाबमा पनि अहिलेसम्म कुनै पनि वाणिज्य बैंकको शाखा नभएकाले बैंकले शाखा खोली आर्थिक कारोबार सुरु गरेको जनाइएको छ ।

आठ लाखभन्दा बढी ग्राहक रहेको बैंकको हाल ६३ वटा शाखा (नारायणघाट र पर्सा शाखा स्थानान्तरनको प्रक्रियासहित) तथा ९७ वटा एटिएम पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x