Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

नेप्से १४७२.१५ विन्दुमा

नेप्से १४७२.१५ विन्दुमा

काठमाडौं, ६ पौष । नेप्से परिसुचक शेयर कारोबारको अन्तिम दिन विहीबार १२.३२ अंकले घटेको छ । विहीबार नेप्सेमा १२.३२ अंकको गिरावट पछि १४७२.१५ विन्दुमा पुगेको छ ।

एक महिना अघि मंसिर ६ गते नेप्से १४८०.२६ विन्दुमा रहेको थियो । यस पछि सकारात्मक भएको शेयरबजार मंसिर १४ गते १५३७.६७ विन्दुमा पुगेको थियो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मुखमा शेयरबजारमा केहि उत्साह देखिएको थियो । तर यो उत्साह निर्वाचन पछि भने टिक्न सकेन । नेप्से निर्वाचन अघि भन्दा कम विन्दुमा पुगेको छ ।

गत आइतबारको तुलनामा विहीबारसम्ममा नेप्से ३७.०१ अंकले घटेको छ । आइतबार नेप्से परिसुचक १५०९.१६ विन्दुमा रहेको थियो । यस्तै गत साताको अन्तिम दिन विहीबारको तुलनामा यस साताको विहीबारसम्म नेप्से परिसुचकमा ४८ अंकले गिरावट आएको छ । यसरी शेयरबजारमा गिरावट आउनुको कारण निर्वाचन पछि सरकार गठनमा आएको अन्यौल्यता र शेयर आपुर्तिमा आएको वृद्धिलाई मानिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x