Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आपतकालिन र परीक्षण उडानका लागि तयार

गौतम बुद्ध  अन्तर्राष्ट्रिय विमानस्थल आपतकालिन र परीक्षण उडानका लागि तयार

भैरहवा, ८ जेठ । भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको  धावन मार्ग आपतकालिन र परीक्षण उडानका लागि तयार भएको छ । निर्माण सम्पन्न हुन बाकि रहेको लुम्विन विमानस्थलको तीन किलोमिटर धावन मार्ग निर्माण सम्पन्न भएसँगै विमान स्थलमा आपतकालिन एव परिक्षण उडान गर्न सकिने भएको हो । विमानस्थल निर्माण आयोजनाका प्रमुख प्रवेश अधिकारीले धावन मार्गको चार तहको कालोपत्रे सकिएसँगै आपतकालिन अवतरण एव परिक्षण उडान गर्न सकिने अब  अव लाइटिङ र मार्किङको काम भएको जानाकरी दिए ।

यसअघि ठेकेदार कम्पनीलाई रकम भुक्तानी नहुँदा केही दिन काम रोकिएको थियो । नागरिक उड्डयन प्राधिकरणले बजेट दिएपछि रनवे निर्माणले पुनः तीव्रता पाएको थियो । रनवे निर्माणको जिम्मा चिनियाँ कम्पनी ‘नर्थ वेस्ट सिभिल एभिएसन’ ले पाएको थियो । राष्ट्रिय गौरवका आयोजना मानिएको गौतमबुद्ध विमानस्थल सन् २०१९ भित्रै निर्माण सम्पन्न गरी उडान अवतरण सुरु गर्ने लक्ष्य राखिएको छ । यो आयोजनाको लागत करिब छ अर्ब २२ करोड रुपियाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x