सगरमाथाको उचाई नापियो, एकिन उचाई भने ५ महिना पछि मात्र
काठमाडौ, ८ जेठ । नेपाल आफैले विश्वको सर्वोच्च सिखर सगरमाथाको उचाई नापेको छ । नेपालले पहिलोपटक आफ्नै प्राविधिक सर्वे टोलीमार्फत सगरमाथाको उचाई नापेको हो ।बुधबार बिहान ३ बजे सगरमाथाको चुचुरोमा पुगेर नेपाली सर्वे टोलीले उचाइ नापेको भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जानकारी दिएको छ।
सर्वे टोली नेपालतर्फको दक्षिण मोहोडाबाट चुचुरोमा पुगेको र बुधबार साँझसम्म फर्किने छन् । सर्वे टोलीमा नापी अधिकृत खिमलाल गौतम, रविन कार्की र उनीहरुका गाइड नेपाल माउन्टेयरिङका प्रमुख छिरिङ जाङगु शेर्पा सहभागि छन् ।
सगरमाथाको एकिन उचाइ भन्ने ५ महिनापछि मात्रै थाहा हुने छ ।