Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

थाइ सरकारको सहयोग दुरुपयोग गरेको भन्दै नेपाल रेडक्रस सोसाइटिको कार्यसमिति विघटन

थाइ सरकारको सहयोग दुरुपयोग गरेको भन्दै नेपाल रेडक्रस सोसाइटिको कार्यसमिति विघटन

काठमाडौं,८ जेठ । रक्तसचार केन्द्रको भवन निर्माणका लागि थाइल्याण्डको सरकारले दिएको रकम दुरुपयोग गरेको भन्दै नेपाल रेडक्रस सोसाइटिको कार्यसमिति विघटन गरिएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले नेपाल रेडक्रस सोसाइटीमा भ्रष्टाचारका समन्धमा भइरहेको छानविलाई प्रभावकारी बनाउन कार्यालयले संजीव थापाको कार्यसमिति विघटन गरी १७ तदर्थ समिति गठन गरेको हो । थाइल्याण्डको सहयोगमा रक्तसंचार केन्द्रको भवन बनाउँदा सम्झौता बमोजिम काम नभएको भनी कारबाहीकालागि परारष्ट्र मार्फत प्रधामन्त्री कार्यालय विभिन्न सवैधानिक निकया लगायतमा थाइ दूतावासले समेत उजुरी परेको र छानविन चालिरहेकाले कार्यसमितिमै राखेर छानविन गर्न प्रभावकारी हुन नस्कने भन्दै थापा नेतृत्वको कार्यसमिति विघटन गरेको हो ।

निवर्तमान अध्यक्ष संजीव थापाको कार्यकालमा विदेशी सहयोग समेतका परियोजनाहरुमा भ्रष्टाचार भएको भन्ने उजुरीको चाङ रहेको छानबिन गरी कारबाही गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिनुभयो । प्राध्यापक डाक्टर विश्व केशर मास्केको सयोजकत्वमा गठित १७ सदस्यी तदर्थ समितिलाई ३ महिनाभित्र कानून मस्यौदा तयार गरी पेश गर्न र एक वर्षभित्र निर्वाचन गराउन जिम्तोमेवारी तोकिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x