Shangrila

एशियन लाईफ र एक्सेल डेभलपमेन्ट बैंकबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं, १२ जेठ । एशियन लाईफ इन्स्योरेन्स कम्पनी र एक्सेल डेभलपमेन्ट बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ। जीवन बीमा सेवालाई सहजरुपमा बढी भन्दा बढी सर्वसाधारणको पहुँचसम्म पु¥याउने उद्देश्य यस्तो सम्झौता गरिएको जनाइएको छ।

सम्झौता पत्रमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठ र बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार पोखरेलले हस्ताक्षर गरेका छन् । अब बैंकको ३० वटा शाखाहरु मध्ये कुनै पनि स्थानबाट एशियन लाईफले प्रचलनमा ल्याएका जीवन बीमा योजनाहरु खरिद गर्न सक्ने जनाइएको छ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *