Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

अनलाईन राफसाफ सुरु भएको पहिलो दिन नै सेयर बजारमा दोहोरो अंकको गिरावट

अनलाईन राफसाफ सुरु भएको पहिलो दिन नै सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं, १२ जेठ । साताको पहिलो कारोबार दिन आइतबार (आज) सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार खुले देखि नै क्रमशः ओरालो लागेको नेप्से परिसूचक ११.९३ अंकले घटेर १३०२.६१ को बिन्दुमा थामिएको छ।

आज कारोबारमा आएका सबै समूहको उपसूचकमा गिरावट आएको छ । जीवन बीमा समूहको उपसूचक ३८.०१ अंकले घटेको छ। त्यस्तै, निर्जीवन बीमा समूह ३५.०८, हाइड्रोपावर ३०.७१, होटल ३२.३६, बैंक ९.०६ र विकास बैंक १४.६५ अंकले घटेको छ ।

१ सय ६५ कम्पनीको ६२ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यसमा नेपाल बैंकको सबैभन्दा धेरै अर्थात ४ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै सबैभन्दा धेरै कमाउनेमा भने क्रमश ः ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ता रहेका छन् भने गुमाउनेमा जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, हिमालयन डिष्टिरी लगायतका लगानीकर्ता छन् ।

सेयर कारोबारमा आज देनि अनलाईबाटै राफसाफ प्रणालीको सुरुवात गरेको गरिएको थियो । यो व्यवस्था लागु भएसँगै अव सेयर खरिदपछि लगानीकर्ता चेक बोकेर ब्रोकर कार्यालय जानु पर्ने झन्झटबाट मुक्त भएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x