Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

काठमाडौंको विप्लव समुहले गराएकाे बम विष्फोट ४ जनाको मृत्यु, ६ घाइते

काठमाडौंको विप्लव समुहले गराएकाे बम विष्फोट ४ जनाको मृत्यु, ६ घाइते

काठमाडौं,१२ जेठ । काठमाडौंको  सुकेधारा र घट्टेकुलोमा भएको बम विस्फोटमा परी चार जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् । बम विष्फोट हुँदा सुकेधारा र  घट्टेकुलो  दुबै स्थानमा घटनास्थलमा नै एक एक जनाको घटना स्थलमै मृत्यु भएको हो भने एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । घट्टेकुलो विस्फोटका घाइते रविन केसीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ बाकिको ओम अस्पतालमा उपचार चलिरहेको छ । दुबै विस्फोटमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको संलग्नता आशका प्रहरीले गरेको छ । घट्टेकुलो विस्फोटका घाइते केसी विप्लव समूहका विद्यार्थी नेता हुन् । सुकेधारा विस्फोटमा घाइते भएका सुरेन्द्र महर्जन विप्लव समूहको भातृ संस्था नेवा मुक्ति मोर्चाका नेता रहेको प्रहरीले जानकारी दिएको छ ।यस्तै ठमाडौंको चन्द्रागिरी नगरपालिका–३, इँटाभट्टा चोकमा पनि बम विष्फोट भएको छ । प्रेसर कुकर बम विष्फोट हुँदा दुई जना घाइते भएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x