विप्लव बन्दको देशैभर प्रभाव, विभिन्न जिल्लामा बम फेला
काठमाडौं,१३ जेठ । नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आब्हान गरेको नेपाल बन्दका कारण काठमाडौँ उपत्यकासहित देशभरको जनजिवन प्रभावित भएको हो। नेकपाले पार्टीको कार्यकर्ता तिर्थराज घिमिरको प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेको भन्दै त्यसको विरोधमा नेकपाले बन्द आब्हान गरेको हाे। बन्दक्रमा विभिन्न जिल्ला बम हरु फेला परेका छन् । लामो तथा छाेटो दुरीका यातायात विद्यालय कलकारखाना ठप्प भएका छन् ।
यसअघि बन्दको पूर्वसन्धयामा आइतबार साँझ काठमाडौँलाई आतंकित पार्ने उद्देश्यले बम विस्फोट गराउँदा चार जनाको मृत्यु भएको थियो। उक्त फरक फरक बिस्फोटमा परी ८ जना घाईते भएका छन्।
आइतबार राजधानीका विभिन्न स्थानमा ज्यानै जाने गरी विस्फोटका घटना भएपछि सोमबार बन्दको प्रभाव झन् बढी देखिएको हो । अहिले काठमाडौँका चोक चोकमा ठूलो मात्रमा सुरक्षाकर्मी तैनाथ गरिएको छ भने सुरक्षा व्यवस्था कडा पारिएको छ। देशैभर शुरक्षाा अलर्ट कडा पारिएको छ । देशका विभिन्न ठाउँ ठाउँबाट विपल्व कार्यकर्ताहरु प्रकाउ परेका छन् ।