Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

वार्षिक साधारण सभाको लागि स्ट्याण्डर्ड चार्टर्ड र हिमालयनले तोक्यो बुक क्लोजको मिति

वार्षिक साधारण सभाको लागि स्ट्याण्डर्ड चार्टर्ड र हिमालयनले तोक्यो बुक क्लोजको मिति

काठमाडौं, ७ पौष । स्ट्याण्डर्ड चार्टर्ड र हिमालयनले शेयर दर्ता पुस्तिका बन्द गर्ने मिति तोकेको छ । वार्षिक साधारण सभा र लाभांश प्रयोजनका लागि यी दुवै बैंकले शेयर दर्ता पुस्तिका बन्दको मिति तोकेको हो ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले पौष १६ देखी २६ गतेसम्मका लागि शेयर दर्ता पुस्तिका बन्द गर्ने भएको छ । बैंकले पौष २६ गते ३१औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त साधारण सभामार्फत बैंकले एक सय प्रतिशत बोनस शेयर र ५.२६ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको पौष १५ गतेसम्म शेयर किन्ने शेयरधनीहरुले बैंकले प्रस्ताव गरेको बोनस शेयर सुरक्षित गर्नेछन् ।

हिमालयन बैंकले पौष ११ देखी २८ गतेसम्मका लागि शेयर दर्ता पुस्तिका बन्द गर्ने जनाएको छ । वार्षिक साधारण सभा र लाभांश प्रयोजनका लागि शेयर दर्ता पुस्तिका बन्द गर्ने भएको हो । बैंकले पौष २८ गते २५औ. वार्षिक साधारण सभा बोलाएको छ । उक्त वार्षिक साधारण सभामा बैंकले २५ प्रतिशत बोनस शेयर र १.३१ प्रतिशत नगद लाभांश दिने भएको छ । पौष १० गतेसम्ममा बैंकको शेयर खरिद गर्ने शेयरधनीहरुले बैंकले प्रस्ताव गरेको लाभांश पाउँनेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x