Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

हिमालयन बैंकद्वारा टिचिङमा लाउन्ज निर्माण

हिमालयन बैंकद्वारा टिचिङमा लाउन्ज निर्माण

काठमाडौं, १३ जेठ । हिमालयन बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत महाराजगंज स्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा लाउन्ज÷बैंठकका (विश्राम कक्ष) लागि करिब ५ लाख रुपैयाँ बढीको सामाग्रीहरुको सहयोग गरेको छ।

सामान्यतयाः काममा रहेका डाक्टरले फुर्सदको समयमा अध्ययन तथा विश्रामका लागि सो स्थानको व्यवस्था गरेको बैंकले जनाएको छ । सो ठाउँमा पुस्तक, पत्रपत्रिका लगायतका चिया, कफिको व्यवस्था गरिएको छ । यसबाट टिचिङमा कार्यरत दुई सय ६२ डाक्टर लाभांविन्त हुने बैंकले जनाएको छ । उद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष मनोजबहादुर श्रेष्ठले आगामी दिनमा पनि स्वास्थ्य स्वास्थ्य क्षेत्रमा थप सहयोग गर्ने बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x