सिभिल लघुवित्तको बोनस शेयर पछिको मुल्य समायोजन

काठमाडौं, ७ पौष । लाभांश प्रयोजनका लागि सिभिल लघुवित्त वित्तीय संस्थाको शेयर मुल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्जले लघुवित्तको शेयर ९४६ रुपैयाँमा मुल्य समायोजन गरेको छ । नेप्सेको अनुसार लघुवित्तको शेयर आधार मुल्य ५२३ रुपैयाँ रहेको छ ।

लघुवित्तले पौष २१ गते छैठौं वार्षिक साधारण सभा बोलाएको छ । उक्त साधारण सभाबाट लघुबित्तले शेयरधनीहरुलाई ४.५ प्रतिशत बोनस शेयर दिने भएको छ । यस्तै कर तिर्नका लागि लघुवित्तले ०.२३६८४ प्रतिशत नगद लाभांश समेत दिने भएको छ ।
यस लघुवित्तले बोनस शेयर दिने प्रयोजनका लागि पौष ७ देखी २१ गतेसम्मका लागि शेयर दर्ता पुस्तिका बन्द गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *