रुरल माइक्रोफाइनान्सको भयो मुल्य समायोजन

काठमाडौं, ७ पौष । रुरल माइक्रोफाइनान्सको शेयर मुल्य समायोजन भएको छ । माइक्रोफाइनान्सको शेयर ६८४ रुपैयाँमा मुल्य समायोजन गरिएको छ । नेप्सेका अनुसार माइक्रोफाइनान्सको शेयर आधार मुल्य ६१२ रुपैयाँ रहेको छ । माइक्रोफाइनान्सले ५ प्रतिशत बोनस शेयर दिने भएपछि शेयर मुल्य समायोजन गरिएको हो ।

रुरल माइक्रोफाइनान्सले पौष २८ गते १९ औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त साधारण सभामा उसले २० प्रतिशत लाभांश दिने बताएको छ । २० प्रतिशत लाभांश मध्ये ५ प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश रहेको छ । लाभांश प्रयोजनका लागि माइक्रोफाइनान्सले पौष ७ देखी २८ गतेसम्म शेयर दर्ता पुस्तिका बन्द गरेको छ ।

बोनस शेयर वितरण पछि माइक्रोफाइनान्सको चुक्ता पुँजी ७२ करोड ६७ लाख रुपैयाँ पुग्ने छ । माइक्रोफाइनान्सको हाल चुक्ता पुँजी ६९ करोड २१ लाख रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *