Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

सेयर लगानीकर्ता उत्साहि, परिसूचक ५.५८ अंकले बढ्दा १ अर्व ५२ करोडको कारोबार

सेयर लगानीकर्ता उत्साहि, परिसूचक ५.५८ अंकले बढ्दा १ अर्व ५२ करोडको कारोबार

काठमाडौं, १६ जेठ । सरकारले हिजो संसदमा पेश गरेको आगामी आर्थिक वर्ष २०७६,७७ को बजेटलाई पुँजी बजारले स्वागत गरेको छ । बजार खुलेदेखि नै उकालो लाग्न थालेको नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको थियो । तर अन्तमा पुन घटेर ५.५८ अंकले मात्र बढेर १३१९.४७ को बिन्दुमा बन्द भएको छ ।

लगानीकर्ताहरुले आगामी बजेट पुँजीबजार मैत्री भएको टिप्पणी गरेपछि त्यसको सकारात्मक प्रभाव बजारमा देखिएको छ। विशेष गरी पुँजीगत लाभकर ७.५ प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झारेपछि लगानीकर्ता उत्साहित भएका छन् । त्यसको परिणाम स्वरुप लगानीकर्ताले आज एक सय ७४ कम्पनीको १ अर्व ५२ करोड रुपैयाँ भन्दा बढीको सेयर खरिद– बिक्री गरेका छन् ।

सो दिन शिवम् सिमेन्टको सेयरप्रति लगानीकर्ताको आकर्षण देखिएको छ। शिवम्को सबैभन्दा धेरै अर्थात १७ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x