Date

शुक्र, बैशाख ५, २०८२
Fri, April 18, 2025

५१ लाख टन धान उत्पादन, गत वर्षभन्दा एक लाख टन कम

५१ लाख टन धान उत्पादन, गत वर्षभन्दा एक लाख टन कम

काठमाडौं, पुस ८ । यस वर्ष धानको उत्पादन गत वर्षको भन्दा एक लाख मेट्रिक टन घटेर ५१ लाख मेट्रिक टन उत्पादन हुने कृषि विकास मन्त्रालयले जनाएको छ । देशको कुल गार्हस्थ उत्पादनमा झण्डै २० प्रतिशत योगदान रहेको धानबालीको कुल कृषि उत्पादनमा आधा योगदान रहेको छ । कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान करिब २९ प्रतिशत छ ।
धानको उत्पादन कम भएकाले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर केही खुम्चिने अनुमान गरिएको छ । कृषि विकास मन्त्रालयले चालु आर्थिक वर्षमा ५४ लाख टन धान उत्पादन हुने अनुमान गरेको थियो । धान रोपाईंको बेला लामो खडेरी पर्नु र तराईमा बाढीका कारण ठूलो क्षति पुगेपछि धान उत्पादन कम हुने अनुमान गरेको थियो । विश्व बैंकले बाढीका कारण धान बालीमा क्षति पुगेपछि आर्थिक वृद्धिदर १ प्रतिशत बिन्दूले खुम्चिने अनुमान सार्वजनिक गरेको थियो । चालु आर्थिक वर्षमा सरकारले ७.२ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ । धान उत्पादन बढाउन सरकारले विशेष कार्यक्रमहरु सञ्चालन गरे पनि उन्नत बीउबीजन, मल र सिंचाईको अभावमा धान उत्पादन अपेक्षित रुपमा बढ्न सकेको छैन ।
गत वर्ष समयमा वर्षात् भएका कारण धानको उत्पादन त्यसभन्दा अघिल्लो वर्षको तुलनामा २१ प्रतिशतले बढेर ५२ लाख मेटन धान उत्पादन भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x