Date

मङ्ल, फाल्गुन ८, २०८०
Tue, February 20, 2024

निशूल्क जग्गा पासको व्यवस्था गर्न पुनर्निर्माण प्राधिकरणको आग्रह

निशूल्क जग्गा पासको व्यवस्था गर्न पुनर्निर्माण प्राधिकरणको आग्रह

काठमाडौं, ८ पुस । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले मन्त्रिस्तरीय बैंठकको निर्णयअनुसार निःशुल्क रुपमा नक्सा पास गर्ने व्यवस्थालाई कार्यान्वयन गर्न सम्बन्धित नगरपालिका र गाउँपालिकालाई आग्रह गरेका छन् । नक्सा पास गर्ने बेलामा अनावश्यक रकम लिने गरेको गुनासो आएको भन्दै उनले सम्बन्धित नगरपालिका र गाउँपालिकाको ध्यानाकर्षण गराएका हुन् ।

काभ्रेको धुलिखेलमा भूकम्प अतिप्रभावित १४ जिल्ला र भूकम्प प्रभावित आठ जिल्लाका कार्यान्वयन एकाइका प्रमुखको आव २०७४, ०७५ को जिल्लागत प्रथम चौमासिक प्रगति समीक्षा गोष्ठीमा भुसालले जिल्लास्थित आयोजना कार्यान्वयन एकाइका प्रमुखहरूलाई पुनःनिर्माणको काममा समन्वय गरी काम गर्न निर्देशन दिएका छन् । उनले पुनःनिर्माणको काममा थप गति दिन समेत आग्रह गरे ।

कार्यक्रममा प्राधिकरणका सचिव मधुसूदन अधिकारीले विश्वको कुनै पनि देशमा भएको विपद्पछिको पुनःनिर्माणको दाँजोमा नेपालले कुनै कमी हुने काम नगरेको जिकिर गरे ।

भूकम्प अतिप्रभावित जिल्लाका तर्फबाट प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ ललितपुरका प्रमुख गोमा ढकालले काम गरिरहेका अवस्थामा बाटाको मापदण्डका कारणले जग्गा कम, संयुक्त घर बनाउन नपाउने व्यवस्था, प्रत्येक वडामा प्राविधिक नपुग्नु, दोस्रो र तेस्रो किस्ता लिन लामो समय लाग्नु, छिमेकी जिल्लामा घर बनाउन नपाउनु, पुनःनिर्माण सम्बन्धी कार्यालय छरिएर रहनु, जोखिमयमुक्त बस्तीमा बस्ने लाभग्राहीको नाम सार्वजनिक नहुनुलगायत समस्याले पुनःनिर्माणको काममा ढिलाइ भइरहेको बताइन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x