तेस्रो संस्करणको हिमालयन ट्राभल मार्ट काठमाडौंमा सुरु
काठमाडौं, २४ जेठ । हिमालयन ट्राभल मार्टको तेस्रो संस्करण हिजो देखि काठमाडौंमा सुरु भएको छ । उक्त ट्राभल मार्टको उद्घाटन हिजो साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले गरे ।
उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले नेपाल प्राकृतिक सौन्दर्य, जैविक विविधता तथा साहसिक पर्यटनको उत्कृष्ट गन्तव्य भएको र सरकारले यस क्षेत्रलाई विशेष प्राथमिकता दिएको बताए । ओलीले असीमित पर्यटकीय ‘प्रडक्ड’लाई उजागर गर्न मार्ट उर्पयुक्त माध्यम भएको र नेपालको आर्थिक समृद्धिमा पर्यटनको महत्वपूर्ण योगदान रहने जानकारी दिए ।
त्यस्तै पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले सरकार पर्यटनको विकासको लागि प्रतिबद्ध रहेको बताए । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपाल पर्यटन मार्ट देशकै प्रमुख अन्तर्राष्ट्रय ‘ट्राभल ट्रेड’ मेलाको रुपमा स्थापित हुँदै गइरहेको जानकारी दिए । उक्त मेलामा आयोजना गरिने ‘बी–टु–बी’ कार्यक्रमले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको बताए ।
त्यसैगरी मार्टमा स्वदेशी एवं विदेशी पर्यटन व्यवसायी, जानकार सहित ३८ जना अन्तर्राष्ट्रिय ट्राभल ब्लगर्स तथा मिडिया प्रतिनिधिहरुले समेत सहभागिता छन् । तेस्रो ट्राभल मार्टले नेपाल भ्रमण बर्ष २०२० को पूर्वतयारी एवम् निर्धारित लक्ष्य प्राप्तिमा समेत सहयोग पुग्ने अनुमान गरीएको छ । ट्राभल मार्ट आइतबारसम्म चल्ने छ ।