Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

सेयर बजारमा महिलाका लागि लाभकर घटाउन अर्थमन्त्री सकारात्मक

सेयर बजारमा महिलाका लागि लाभकर घटाउन अर्थमन्त्री सकारात्मक

काठमाडौं, २५ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारमा महिलाका लागि आरक्षण अन्तर्गत लाभकर घटाउन प्रस्ताव गरेका छन् । आज नेपाल धितोपत्र बोर्डको २७ औं वार्षिकोत्सव कार्यक्रममा उनले धितोपत्र बोर्डबाट महिलालाई लाभकरमा घटाउने प्रस्ताव आए आफू निकै सकारात्मक हुने बताएका हुन । यसले महिलाहरुको आर्कषण बजारमा बढ्ने पनि उनले बताए ।

मन्त्री खतिवडाले सेयर बजारमा देखिएको करको समस्यालाई आर्थिक वर्ष २०७६÷७७ को बजेटमार्फत सम्बोधन गरेको जानकारी दिए । सेयर बजारलाई व्यवस्थित र मर्यादित बनाउन बोर्डले सशक्त नियमन गर्नुपर्ने पनि उनको भनाई थियो ।

त्यस्तै, कार्यक्रममा बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले पूँजी बजारको विकासका लागि बोर्डले प्रभावकारी नियमन गरेको जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x