आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा, राष्ट्रपतिले अवलोकन गर्ने
काठमाडौं,२६ जेठ । काठमाडौं उपत्यकामा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा मनाइँदै छ। बर्षा र सहकालका देवता भनेर लिइने रातो मच्छिन्द्रनाथको रथ थतीचोक लगनखेलबाट तानेर बिहीबार जावलाखेल पुर्याइएको छ । रथ जाउला खेल पुर्याइएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आज देखाउन लागिएको हो। आज साँझ ५ बजे जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाइनेछ । भोटो जात्रा देखाउने समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसहित विशिष्ट व्यक्तिहरू उपस्थित हुने र अवलोकन गर्ने कार्यक्रम रहेको ललितपुरस्थित गुठी संस्थानले जनाएको छ।पर्वका अवसरमा सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ।