Date

आइत, कार्तिक ९, २०८२
Sun, October 26, 2025

भुकम्पपछिको पुनर्निर्माणका लागि भारतले दियो १ अर्व ६० करोड

काठमाडौं, २७ जेठ । भारत सरकारले भूकम्पपछिको पुनर्निर्माणको लागि नेपाल सरकारलाई एक अर्ब ६० करोड रुपैयाँ हस्तान्तरण गरेको छ। अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच नेपालका लागि भारतीय राजदूत मञ्विसिंह पुरीले अर्थमन्त्री डा. युवराज खतिवडालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन ।

उक्त रकम नुवाकोट र गोरखा जिल्लाको निजी आवास पुनर्निर्माणका लागि खर्च गरिने छ। यी दुई जिल्लाको ५० हजार घर पुनर्निर्माणका लागि सहयोग गर्ने प्रतिवद्धता भारतले गरेको थियो । यसअघि सन् २०१८ मा भारत सरकारले पुनर्निर्माणको लागि २ अर्ब १० करोड र ८० करोड सहयोग गरेको थियो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *