Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

बजेटको प्रभावकारी कार्यान्वयनमा शंका

बजेटको प्रभावकारी कार्यान्वयनमा शंका

काठमाडौं, २७ जेठ । राष्ट्रियसभाका सदस्यले बजेट जनमुखी भए पनि प्रभावकारी कार्यान्वयनमा चुनौती हुने शङ्का व्यक्त गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०७६/०७७ को राजस्व र व्ययको वार्षिक अनुमान बजेट माथि सामान्य छलफलमा भाग लिँदै सांसद खिमलाल भट्टराईले बजेटले गरिब किसान र मजदुरलगायत सबै समुदायलाई समान रुपमा समावेश गरेकाले बजेट उत्कृष्ट आएको टिप्पणी गरे ।

त्यस्तै अर्का सांसद सरिता प्रसाईंले सरकारले हचुवाका भरमा बजेटको आकार बढाएको भन्दै प्रभावकारी कार्यान्वयनमा चुनौती हुने आशंका गरिन् । सांसद उदया शर्मा पौडेलले बजेटले महिला, वृद्धवृद्धा, अपाङ्गता र अशक्तलाई सम्बोधन गरेको छ, विद्यार्थीलाई स्कूलमै सेनेटरी प्याडको व्यवस्था गर्नुका साथै महिला स्वयंसेवीलाई समेत सम्बोधन गर्नु अत्यन्त सुखद् कुरा हो, बजेट समाजवादउन्मुख भएको अभिव्यक्ति दिइन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x