Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

जब सेन्टरको नाममा ठगी धन्दा, प्रशिक्षणका लागि भन्दै बेरोजगारसँग रकम असुली

जब सेन्टरको नाममा ठगी धन्दा, प्रशिक्षणका लागि भन्दै बेरोजगारसँग  रकम असुली

बलराम बुढाथोकी
काठमाडौं, २७ जेठ । काठमाडौं उपत्यकाका कलंकी, कोटेश्वर, सातदोबाटो, रत्नपार्क, नयाँ बसपार्क, चावहिल लगायतका मुख्य–मुख्य चोकहरुमा ‘अर्जेन्ट कर्मचारी आवश्यक,’ ‘अन्तरवार्ता विना जव फिक्स,’ ‘घरमै बसिबसि ५० हजार सम्म कमाई’ जस्ता विज्ञापन यत्रतत्र टाँसिएका भेटिन्छन् । कामको खोजीमा रहेकाहरु यस्ता प्रचार सामाग्रीबाट आकर्षित नहुने कुरै भएन ।
अझ घरमै बसी चाहेको जति पैसा कमाउँन सकिने भनेपछि जो कोहीको मन किन नलोभियोस् !

यस्ता प्रचार सामाग्रीले अरुलाई जस्तै हामीलाई पनि आकर्षित ग¥यो । र, हामीले यसबारे बुझ्ने प्रयासमा लाग्यौ । गतसाता सातदोबाटो चोकमा एक महिलाले बुद्धज्योति मल्टिपर्पाेज प्रा.लिको यस्तै प्रचार सामाग्री थमाइन । त्यसमा लेखिएको थियो ‘ डाटा इन्ट्री—२० हजार देखि ४० हजार सम्म तलव ’ । यो कामकोबारेमा जान्ने थप कौतुहलता बढेपछि हामी ललितपुरको सातदोबाटोमा रहेको त्यस कार्यालयमा गयौ । कार्यालयको सोधपुछ कक्षमा एक जना महिला कर्मचारी थिइन । उनीसँग हामीले कामकोबारेमा बुझ्ने प्रयास ग¥यौ ।

हामीलाई अरु भन्दा पनि डाटा इन्ट्रीको कामबारे बुझ्नु थियो । त्यसैकोबारेमा हामीले बुझ्न खोज्यौं । डाटा इन्ट्री काममा ईन्टरनेट आवश्यक पर्ने र त्यो काम गर्दा राम्रो तलब पाइँने उनले जानकारी दिइन् । यदी ईन्टरनेट नभएको अवस्थामा पनि मोबाइलको डाटाबाट गर्न सकिने भएकोले यो काम जहाँ पनि सहजै गर्न सकिने उनले बताइन । तर उनले त्यो कामका लागि सुरुमा ३ हजार ५ सय रुपैयाँ रकम कार्यालयमा बुझाउनुपर्ने बताइन ।

सुनौ उनीसँगको संवाद

शैक्षिक बेरोजगार युवायुवती दैनिक जब सेन्टरद्वारा लुटिँदै
देशमा शैक्षिक बेरोजगारीको संख्या दिन प्रतिदिन बढिरहेको छ । भर्खरै लोकसेवा आयोगले सार्वजनिक गरेको स्थानीय तहको विज्ञापनमा सोमबार सम्म ७० हजार भन्दा बढीले फारम भरिसकेका छन् । त्यसो त, बजारमा देखिएका विज्ञापनको पछाडि लागेर कति युवायुवतिहरु फसेका छन् । फसाउँने तरिकाहरु विभिन्न प्रकारका हुन सक्छन् । यस्तै विज्ञापनको पछाडि परेर जागिर खोज्ने क्रममा नराम्रोसँग फसेको तितो यथार्थ एकराज चौहान सुनाउँछन् । उनी बीबीएस चौथो वर्षको परिक्षा दिएर बसेका विद्यार्थी हुन् । उनी प्लस टु उत्तिर्ण गरेर पहिलो पटक काठमाडौं आएको समयमा काम खोज्न जाँदा चावहिलको एक जब सेन्टरमा पहिलो पटक फसेको कुरा अर्थको अर्थसँग सुनाए । पहिलो पटक आफ्नो सक्कली नागरिता र ५ सय रुपैयाँ उनले जब सेन्टरलाई बुझाएका थिए । घरबाट ल्याएको पैसा सकिएपछि उनले जागिर खोज्न पत्रिकामा आउँने वर्गीकृत डिस्प्ले विज्ञापनको साहारा लिएका थिए । तर त्यो जब सेन्टरले पनि उनलाई ३ हजार रुपैयाँ पहिला दिनु पर्ने भने पनि उनले जागिर गर्न मन गरेनन् । अन्त्र पनि गए तर सबैले पैसा माग्न थालेपछि उनलाई अब पत्रिकामा आउँने विज्ञापन, पोलपोल र भित्ता–भित्तामा टालेका तुःआवश्यकता भन्ने विज्ञापनको विश्वास लाग्न छोडेको छ ।

त्यस्तै अर्का हरि खत्रीको पनि जागिर खोज्दाको पिडा उस्तै छ । उनी काठमाडौंमा पढ्न भनेर आएको केही समय मात्र भएको भयो । गाउँमा सानो तिनो व्यापार व्यवसाय गरेका हरि व्यापारले मात्र नहुँने रैछ भनेर काठमाडौंमा पढ्न आएका थिए । उनले कक्षा १२ को परिक्षा दिएका छन् । पढ्नका लागि उनले केही पैसा जम्मा त गरे तर, जम्मा गरेको पैसाले मात्र काठमाडौंको महंगीमा पढ्न, खान र बस्न नपुग्ने जस्तो लागेपछि उनी जागिरको खोजिमा भौतारिन थाले । उनले पनि जागिरका लागि पत्रिकामा आउने वर्गीकृत डिस्प्ले विज्ञापनकै सहारा लिए । तर यो चाहि जब सेन्टर नभएर कर्मचारी चाहिएको कम्पनी नै थियो । यो कम्पनीको नाम हेलो इन्टरनेशनल नेपाल कम्पनी लिमिटेड थियो । उनले फोनबाट जागिर पक्का हुन्छ तपाई कागजपत्र लिएर आउँनुहोस् भनेर कम्पनीका मान्छेले बोलाएपछि उ त्यहाँ जागिर पाउँने आशा बोकेर पुगे । तर उनलाई सेल्सम्यानमा काम लगाइदिने तर जागिर गरेवापत १० हजार रुपैयाँ दिनुपर्ने सर्त राखियो ।संस्थाले सक्कली कागज पत्र राख्नुपर्छ भने पछि उसले सक्कली एसईईका सम्पूर्ण कागजपत्रहरु त्यही संस्थामा राखे । जब जागिर दोस्रो दिनबाट सुरु भयो तबमात्र उनलाई थाहा भयो उनको जागिर त झोलामा सामान बोकेर घर–घर डुलेर सामान बेच्नु पर्ने रहेछ । उसलाई जागिर ठिक नलागेपछि जागिर छोड्ने निर्णय गरे तर संस्थाले उनका कागजपत्र दिएन् । बरु उल्टै २ हजार रुपैयाँ माग्यो । आज सम्म उनले सटिफिकेट पाएका छैनन ।

यसो भन्छिन् बुद्धज्योति मल्टिपर्पाेज प्रा.लि. कि सञ्चालिका
बुद्धज्योति मल्टिपर्पाेज प्रा.लि. का सञ्चालिका विमला शर्माका अनुसार जागिर खोज्न आउँने सबैले जागिर नपाउँने बताइन् । आफूहरुले विभिन्न संस्थाहरुसँग समझदारी गरेर कर्मचारी उपलब्ध गराउँने गरेको उनको भनाई छ । कतिपयले काम राम्रो भएन भनेर २÷४ दिनमै पनि जागिर छोड्ने गरेको उनले जानकारी दिन् । तर, ३ हजार देखि ५ हजार फारम भर्ने सबैले जागिर पाउँछन् त ? र सुरुमै ३ देखि ५ हजारसम्म पैसा चाँही किन तिर्नुपर्ने ? भन्ने प्रश्न गर्ने वित्तिकै उनले हामीसँग कुरा गर्न चाहिनन् र फोन काटिदिइन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x