आलोपालो प्रणालीको माग गर्दै ब्यवसायीद्वारा रसुवागढी नाकामा कन्टेनर सञ्चालनमा रोक
काठमाडौं,२८ जेठ । रसुवागढी नाकामा कारोबार गर्दै आएका कन्टेनर व्यावसायीले आलोपालो प्रणालीमा कन्टेनर सञ्चालन गर्न माग गर्दै कन्टेर संचानलमा रोक लगाएका छन् । नाकामा आलोपालो प्रणाली लागू गरेर कन्टेनर सञ्चालन गर्न पाउनुपर्ने लगायतका पाँच बुँदे माग राखेर सोमबारदेखि कन्टेनर सञ्चालन रोकेका हुन् । जिल्ला प्रशासन कार्यालय रसुवाले नाकामा सञ्चालन हुने ट्रक कन्टेनरलाई व्यवस्थित बनाउनका लागि ‘पहिलो पुग्ने कन्टेनरलाई पहिलो पालो प्रणाली’ लागू गरेको छ । व्यावसायी आफैँले एक महिनाअघि आलोपालो प्रणाली सुरु गरेका थिए । समितिले सोमबार रसुवागढीमा पत्रकार सम्मेलन गर्दै पाँच बुँदे मागसहित कन्टेनर सञ्चालन नगर्ने घोषणा गरेका छन् ।
व्यवसायीको नेतृत्वमा आलोपालो प्रणाली लागू गर्ने व्यवस्था हुनुपर्ने, गाडी टिमुरेबाट जिम्मा लिएर लाने र केरुङमा सामान नपाएर महिनौसम्म बस्नुपर्ने गाडीवालाहरूको समस्या समाधान हुनुपर्ने माग छ । त्यसैगरी टिमुरेमा ट्राफिक जामको अन्त्य गर्न प्रणाली लागू गर्न दिनुपर्ने र गाडी तथा व्यावसायको सुरक्षा, पार्किङको व्यवस्था हुनुपर्ने उनीहरूको माग छ ।समितिले सामाजिक न्यायको आधारमा सबैले समान बोक्न सबै गाडीले क्यू सिस्टममा बोक्ने गरी व्यवस्था मिलाउन आलोपालो प्रणाली लागाउनु पर्ने समितिको माग छ । केरुङमा अहिले सामग्री नपाउँदा करिब ३ सय ओटा कन्टेनर बसिरहेका छ । आलोपालो प्रणालीमा ८ सय ३५ ओटा कन्टेर आवद्ध भएका छन् ।