जनता बैंकद्वारा थप ६ स्थानबाट सेवा सुरु

काठमाडौं, २९ जेठ । जनता बैंकले आज एकै दिन ६ स्थानबाट कारोबार सुरु गरेको छ ।

बैंकले तनहुँको डुम्रे, भक्तपुरको ठिमी, ललितपुरको पाटन, काठमाडौंको किर्तिपुर, रामेछापको मन्थली र पाँचथरको फिदिममा शाखाबाट कारोबार सुरु गरेको हो ।

शाखाबाट सुविधा सम्पन्न बैंकिङ सेवा प्रदान गर्ने बैंकले जनाएको छ । आगामी दिनमा अन्य स्थानमा पनि शाखा कार्यालय थप गरि वित्तीय पहुँच विस्तारलाई तीब्र बनाउने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *