असार १ देखि काठमाडौंमा रात्रिकालिन बस संचालन
काठमाडौं, ३० जेठ । सरकारले असार १ गतेदेखि काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्ने भएको छ। यातायात व्यवस्था विभाग र यातायात कम्पनीबीच राति ९ बजेपछि बस स्टपबाट गाडी छुट्ने सहमति भएको हो।
विभागका महानिर्देशक कुमारप्रसाद दाहालले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा आर्थिक गतिविधि वृद्धि गर्न रात्रिकालीन बस सेवा सञ्चालनमा ल्याउन लागिएको बताए । यातायात कम्पनी, ट्राफिक प्रहरी, काठमाडौं महानगरपालिकाका प्रतिनिधिसँगको सहमतिमा यो व्यवस्था लागू गरिएको हो ।
अहिले राति सार्वजनिक यातायातको सहज उपलब्धता छैन। अहिलेको निर्णयले ट्राफिक व्यवस्थापन तथा रात्रिकालीन व्यवसायी फस्टाउन सहयोग गर्ने विश्वास लिइएको छ ।