Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

समय-सिमा सकिनै लाग्दा दिपायल विमानस्थल स्तरोन्नतीको काम अधुरै

समय-सिमा सकिनै लाग्दा दिपायल विमानस्थल स्तरोन्नतीको काम  अधुरै

डोटी, २ असार  । डोटी दिपायल विमानस्थलको स्तरोन्नतीको काम ०७६ असार मसान्त भिब पूरा नहुने भएको  छ । ०७६ साल असार मसान्तसम्म कालो पत्रेको काम सम्पन्न गर्ने गरी विमानस्थल स्तरोन्नतीको कामसुरु भएको थएपनि ठेकदारको वेवास्ताका कारण एक महिना मात्र बाकी रहदा कालोपत्रको काम शुरु हुन सकेको छैन ।

०६२ सालदेखि जहाज नचल्दा गौचरणमा परिणत भएको दिपायल विमानस्थलको स्तरोन्नती गर्ने कार्यका लागि नेपाल नागरिक उड्यन प्राधिकरण र सपना ग्याल्भा जेभी कन्स्ट्रक्सनबीच सम्झौता भएको थियो ।चार सय ९० मिटर लम्वाईको धावनमार्ग कालोपत्रेसहितको स्तरोन्नतीका लागि ६ करोड ८० लाख कवुल अंक रहेको उक्त ठेक्का सम्झौतामा २०७३ साल कात्तिक बाटै काम सुरु हुने भनिए पनि फागुनमा मात्रै सुरु भएको थियो ।ठेक्का सम्झौताअनुसारको म्यादमा काम सम्पन्न हुन नसकेपछि एक वर्षको ठेक्का अवधि बढाइ ०७६ असार मसान्तसम्म पुर्याइएको थियो । ठेकेदारले बिमानस्थल कालोपत्रेका लागि ल्याएका उपकरणहरु पनि अन्यत्र लगिसकेको स्थानीयको आरोप छ । नागरिक उड्डयन प्राधिकरणका ईन्जिनियर रतनबहादुर श्रेष्ठका अनुसार हालसम्म बिमानस्थलको करिब करिब ७० प्रतिशत मात्रै काम भएको छ । काम नहुनुमा ठेकेदारको लापरबाही रहेको उनि बताउँछन् । ठेक्का सम्झौताको म्यादअनुसार मसान्तसम्म मात्रै रहेको तर ठेकेदारको काम गराईले तोकिएको म्यादमा काम हुनन सक्ने श्रेष्ठको भनाइ छ ।उनले तोकिएको समयमा काम नगर्ने ठेकदारलाई कारवाही नहुनुले यो अवस्था आएको बताए ।

यता असार मसान्तभित्रै काम सम्पन्न गर्ने ठेकदार नरहरी थपलियाको दावी छ । उनले यो साताभित्रै कालोपत्रेको काम सुरु हुने बताए  ।ठेक्का सम्झौताअनुसार कटिङ्ग र फिलिङ्गको काम सम्पन्न भइसकेको र कालोपत्रेको काम मात्रै बाँकी रहेको उनले बताए ।

उनले हालसम्म मिस्त्री नपाएका कारण काम रोकिएको वताए । कालोपत्रेका लागि प्रयोग नहुने उपकरणहरु मात्रै अन्यत्र लगेको ठेकदारको दावी छ ।उनले कटिङ्ग र फिलिङ्गको काममा प्रयोग भएका उपकरण मात्रै अन्यत्र लगेको बताए । दिपायल विमानस्थलसँगै सम्झौता भएको साँफेबगर विमानस्थलको काम सम्पन्न भइ उडानसमेत सुरु भइसकेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x