Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

प्रदेश ५ को योजना आयोगका उपाध्यक्ष श्रेष्ठले दिए राजिनामा

प्रदेश ५ को योजना आयोगका उपाध्यक्ष श्रेष्ठले दिए राजिनामा

काठमाडौं, २ असार । प्रदेश नम्बर ५ का नीति तथा योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले पदबाट राजिनामा दिएका छन् । श्रेष्ठले मुख्यमन्त्री शंकर पोखरेलसमक्ष राजिनामा दिएर पुन नेपाल राष्ट्र बैंकको काममा फर्किएका हुन ।

डा. श्रेष्ठलाई ०७४ चैत ६ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रादेशिक योजना आयोगको उपाध्यक्षमा नियुक्ति गरेको थियो । श्रेष्ठले १५ महिना प्रादेशिक योजना आयोगको उपाध्यक्षको जिम्मेवारीमा रहँदा प्रदेशको वस्तु विवरण स्थितिपत्र र आवधिक योजना बनाउने जस्तो महत्त्वपूर्ण काम गरेका थिए ।

श्रेष्ठले जेठ १४ गते नै राजिनामा दिएपनि बजेट सार्वजनिक गर्नुअघि गोप्य राखिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x