Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

मेलम्ची खानेपानी आयोजनाको दोस्रो खण्डको काम सुरु

मेलम्ची खानेपानी आयोजनाको दोस्रो खण्डको काम सुरु

काठमाडौं, २ असार । मेलम्ची खानेपानी आयोजनाको दोस्रो खण्डको काम सुरु भएको छ । सरकारले पहिलो चरणमा आयोजनाभित्र पर्ने जग्गाको अधिग्रहण गर्न सुरु गरेको छ ।

पहिलो चरणमा मेलम्ची आयोजनाले दैनिक १७ करोड लिटर पानी काठमाडौँमा झार्नेछ । त्यसैगरी याङ्ग्री र लार्केखोलाबाट पनि १७/१७ करोड लिटर पानी ल्याउँने सरकारको लक्ष्य रहेको जनाइएको छ । यो योजना पूरा भए पश्चात मेलम्चीबाट काठमाडौं ल्याइँने पानी तेब्बर क्षमतामा विस्तार हुनेछ ।

याङग्री र लार्केखोला क्षेत्रभित्रका जग्गाधनीलाई मुआब्जा लिनका लागि सूचनासमेत जारी गरिएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिकाका विभिन्न वडामा प्रस्तावित आयोजना क्षेत्रभित्र पर्ने ३ सय ७६ कित्ता जग्गा र सो जग्गामा पर्ने बोटबिरुवा, बालीनाली, गोठटहराको मुआब्जा वितरण गर्न सुरु गरिएको हो । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले १५ दिनभित्र मुआब्जा लिनका लागि सूचना जारी गरेको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिए ।

पाँचपोखरी थाङ्पाल गाउँपालिका–१ को १५२ कित्ता र २ को ५५, ४ को ४४, ८ को ३६, ९ को ६ र वडा नं ६ को चार कित्ता जग्गा सरकारी अधिग्रहणमा पर्ने भएकाले उनीहरूलाई मुआब्जा लिन आग्रह गर्दै सूचना जारी गरिएको हो । जग्गा अधिग्रहणका लागि जग्गाको दररेट पनि तोकिसकेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x