Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

भक्तपुर दरबार स्क्वारमा ‘द गोल्डेनआई रेष्टुरेन्ट एन्ड क्याफे’ संचालनमा

भक्तपुर दरबार स्क्वारमा ‘द गोल्डेनआई रेष्टुरेन्ट एन्ड क्याफे’ संचालनमा

काठमाडौं, ६ असार । भक्तपुर दरबार स्क्वार भित्र ‘द गोल्डेनआई रेष्टुरेन्ट एन्ड क्याफे’ संचालनमा ल्याइएको छ। भक्तपुर भ्रमणमा जाने आन्तरिक एवं बाह्य पर्यटकलाई गुणस्तरीय सेवा दिने उद्धेश्य सहित आज देखि रेष्टुरेन्ट संचालनमा ल्याइएको हो ।

१ सय २० जना क्षमताको उक्त रेष्टुरेन्टमा टिपिकल नेपाली, चिनियाँ, कन्टिनेन्टल, इटालियन सहित स्थानीय खानाको स्वाद चाख्न पाउने संचालक रघु चौधरीले जानकारी दिए । पाँचतले दरबारसँगै रहेको रेष्टुरेन्टबाट भक्तपुरका सम्पदा क्षेत्रको सहज अवलोकन गर्न सकिने छ । हरेक दिन बिहान ७ बजे देखि बेलुकी ९ बजे सम्म संचालन हुने छ । संस्कृतिको संरक्षण र पर्यटकको मनोरञ्जनका लागि हरेक साँझ लाखे नाच लगायतका अन्य सांस्कृति कार्यक्रम समेत आयोजना गरिने छ ।

नेपाल भ्रमण आउने पर्यटकलाई पाँच तारे होटल सहरको गुणस्तरीय र स्वाष्टि खानाको स्वाद दिलाउने उनले जानकारी दिए । ‘नेपाल भ्रमणमा आउने पर्यटकहरु गुणस्तरहिन खानाको अभावका समस्यामा पर्ने गरेका छन्,’ उनले ‘नेपाल भ्रमणको ठुलो सपना बोकेर आएका उनीहरु खानाको कारण अस्वस्थ्य भई भ्रमण छोट्याएका उदाहरण मैले धेरै देखेको छु, त्यसकारण हाम्रो उद्धेश्य नै स्वस्थ, स्वादिष्ट र गुणस्तरीय सेवा दिनु हो । ’ विगत ८ वर्ष देखि काठमाडौंको पर्यटकीय क्षेत्र बौद्धमा ‘दि गोल्डेनआई रेष्टुरेन्ट एन्ड क्याफे ’ संचालनमा छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x