Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

पाँच कम्पनीहरुले गरे बुक क्लोजको घोषणा

पाँच कम्पनीहरुले गरे बुक क्लोजको घोषणा

काठमाडौं, ११ पौष । नेपाल स्टक एक्सचेन्जलाई आज पाँच कम्पनीहरुले शेयर दर्ता पुस्तिका बन्दको सुचना दिएको छ । शेयर दर्ता पुस्तिका बन्दको घोषणा गर्ने कम्पनीहरुमा प्रभु बैंक, ग्रीन डेभलपमेन्ट बैंक, कञ्चन डेभलपेन्ट बैंक, पुर्णिमा विकास बैंक र जानकी फाइनान्स हुन् ।

प्रभु बैैंकः प्रभु बैंकले हकप्रद शेयर निष्कासनको लागि पौष २१ गते शेयर दर्ता पुस्तिका बन्द गर्ने भएको छ । बैंकले १० बराबर ४ अर्थात ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने जनाएको छ । बैंकले एक सय रुपैयाँ अंकित मुल्य भएको २ अबर्क ३५ करोड २५ लाख ६० हजार आठ सय रुपैयाँ बराबरको २ करोड ३५ लाख २५ हजार ६०८ कित्ता हकप्रद शेयर जारी गर्ने भएको छ । बैंकले हकप्रद शेयर निष्कासनको लागि बिक्री प्रबन्धकमा सनराइज क्यापिटललाई नियुक्त गरेको छ । बैंकले जारी गर्ने ४० प्रतिशत हकप्रद शेयरको पुँजीकरण पछि बैंकको चुक्ता पुँजी ८ अर्ब २४ करोड रुपैयाँ पुग्ने छ । बैंकको हाल चुक्ता पुँजी ५ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । पौष २० गतेसम्ममा बैंकको शेयर किन्ने शेयरधनीहरुले बैंकले निष्कासन गर्ने हकप्रद शेयरको हकदार बन्ने छन्् ।

ग्रीन डेभलपमेन्ट बैंकः ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद निष्कासनको लागि पौष १७ गते शेयर दर्ता किताब बन्द गर्ने जनाएको छ । बैंकले एक बराबर चार कित्ता अर्थात चार सय प्रतिशत हकप्रद शेयर निष्कासनको लागि गर्ने भएको छ । बैंकले एक सय रुपैयाँ अंकित मुल्यमा ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता हकप्रद निष्कासन गर्ने छ । बैंकको हकप्रद शेयर निष्कासनका लागि निष्कासन प्रबन्धकमा लक्ष्मी क्यापिटललाई नियुक्त गरिएको छ । बैंकले जारी गर्ने भनिएको हकप्रद शेयर सुरक्षित गर्ने शेयर लगानीकर्ताहरुले पौष १६ गते भित्रमा बैंकको शेयर खरिद गर्नुपर्नेछ ।

कञ्चन डेभलपमेन्ट बैंकः कञ्चन डेभलपमेन्ट बैंकले पौष २१ देखी ३० गतेसम्मका लागि शेयर दर्ता किताब बन्द गर्ने जनाएको छ । लाभांश र वार्षिक साधारण सभाका लागि बैंकले शेयर दर्ता किताव गर्ने भएको हो । बैंकको पौष ३० गते बस्ने आठौं वार्षिक साधारण सभाले शेयरधनीहरुलाई १२.५३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.६४ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकले प्रस्ताव गरेको १२.५३ प्रतिशत बोनस शेयर वितरण पछि चुक्ता पुँजी ५० करोड प६० लाख रुपैयाँ पुग्ने छ । बेंकको हाल चुक्ता पुँजी ४५ करोड ४ लाख रुपैयाँ रहेको छ ।

पुर्णिमा विकास बैंकः पुर्णिमा विकास बैंकले पौष १४ देखी २८ गतेसम्मका लागि शेयर दर्ता किताव बन्द गर्ने भएको छ । बैंकले २८ गते बस्ने वार्षिक साधारण सभामा शेयरधनीहरुलाई १९.१९ प्रतिशत बोनस शेयर र कर तिर्नका लागि १.०१ प्रतिशत नगद लाभांश दिने जनाएको छ । पौष १३ गतेसम्ममा बैंकको शेयर खरिद गर्ने शेयरलगानीकर्ताहरुले लाभांश सुरक्षित गर्नका साथै साधारण सभामा सहभागि बन्न सक्नेछन् ।

जानकी फाइनान्सः लाभांश र साधारण सभाका लागि जानकी फाइनान्सले पौष १९ देखी ३० गतेसम्मका लागि शेयर दर्ता किताब बन्द गर्ने जनाएको छ । पौष ३० गते फाइनान्सको २१औं वार्षिक साधारण सभा बस्दैछ । उक्त साधारण सभामा फाइनान्सले १८ प्रतिशत बोनस शेयर दिने भएको छ । बोनस शेयर सुरक्षित गरि साधारण सभामा सहभागि बन्न शेयरलगानीकर्ताहरुले फाइनान्सको शेयर पौष १८ गतेसम्ममा खरिद गरिसक्नु पर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x