Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

हिमालयन हाइड्रो एक्स्पो २०१८ हुँदै

हिमालयन हाइड्रो एक्स्पो २०१८ हुँदै

काठमाडौं, ११ पौष । नेपालमा पहिलो पटक अन्तराष्ट्रिय स्तरको हाइड्रो एक्स्पो आयोजना हुने भएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसको संयुक्त आयोजनामा आगामी पौष २१ देखी २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हिमालयन हाइड्रो एक्स्पो २०१८ संचालनमा आउने भएको हो ।

एक्स्पोमा हाइड्रो पावर निर्माता, हाइड्रो पावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंक तथा वित्तीय संस्थाहरु लगायत झण्डै एक सय भन्दा बढी स्टल रहने छन् । जसमध्ये करिब पचास प्रतिशत स्टल विदेशी कम्पनीहरुको सहभागिता रहने छ ।

एक्स्पोमा चीन, भारत, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिल लगायतका मुलुकको कम्पनी तथा सरोकारवालाहरुको सहभागिता रहने भएको छ । दर्जनौं विदेशी कम्पनीहरुको सहभागिता रहने भएकाले नेपालको जलविद्युतको बजार बिस्तारका साथै अनुभव आदान प्रदान गर्न एक्स्पोले महत्वपूर्ण योगदान पुर्याउने आयोजकले अपेक्षा गरेको छ ।
एक्स्पो अवधीमा हाइड्रो पावरका विषयमा सेमिनार समेत संचालन हुनेछन् । पहिलो दिन हाइड्रो टनेलिङ, दोस्रो दिन बैंकिंग तथा इन्स्योरेन्स र अन्तिम दिन हाइड्रो पावर सम्बन्धिका सेमिनारहरु संचालन गरिने छ । एक्स्पो अवधि भर दैनिक रुपमा फरक फरक विषयमा ६ वटा भन्दाबढी सेमिनार संचालनगरिने छ ।

हाइड्रो वस्तु तथा सेवा (प्रोडक्ट एण्ड सर्भिस) प्रतिस्प्रर्धा

यसै गरी हाइड्रो पावरको विकास र विस्तारमा सहयोग पुग्ने गरी हाइड्रो पावर सम्बन्धी नयाँ अवधारणा बारे विद्यार्थीहरु एवं व्यक्तिगत तवरवाट आविष्कार गरेका वस्तु तथा सेवा बिच प्रतिस्पर्धा समेत गराइने भएको छ । यस क्षेत्रसँग सम्बन्धित नयाँ वस्तु तथा अवधारणा विकास गर्नेहरु मध्येबाट उत्कृष्ट छनोट गरी पुरस्कृत समेत गरिने बताइएको छ ।

एक्सपो लाई नेपाल सरकार राष्ट्रिय योजनाआयोग, उर्जा मन्त्रालय, जनसंख्या तथा वातावरण मन्त्रालयको संरक्षकत्व रहेको छ । नेपाल विद्युत प्राधिकरण, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स एसोसिएसन्स, युथ कम्युनिटी फर नेपलिज कन्ट्राक्टर्सले एक्स्पोलाई सहयोग गरेका छन् । ७ वर्षमा १७ हजार मेगावाट विद्युत् उत्पादनगर्ने नेपाल सरकारको लक्ष्यलाई यो मेलाले विशेष सहयोग पुर्याउने आयोजकले बताएको छ ।

तीन दिनसम्म चल्ने यस एक्स्पोमा ५० हजार भन्दा बढीले अवलोकन गर्ने अनुमान आयोजकको रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x