हावाहुरी पिडितलाई कुमारी बैंकको सहयोग

धनगढी ९ ,असार । कुमारी बैंकले गत जेठ २३ गते आएको हावाहुरी पिडितहरुलाई राहत वितरणका लागि सहयोग गरको छ। कुमारी बैंक धनगढी शाखाका प्रवन्धक खडक बहादुर रोकाया र कुमारी बैंक क्याम्पस रोड शाखाका प्रवन्धक नारायणदत्त भण्डारीलेध नगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई हावाहुरी पिडितका लागि सहयोग स्वरुप १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन ।

धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले हावाहुरीको घाउमा मलम लगाउनका लागि सहयोग गर्ने कुमारी बैंक प्रति आभारी भएको बताए । कुमारी बैंक शाखा कार्यालय धनगढीका प्रवन्धक खडकबहादुर रोकायले मानवियता र सामाजिक उत्तरदायित्वका क्षेत्रमा आफुहरुले सधै सहयोग गर्ने प्रतिवद्धता जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *