भाटभटेनी मनी ट्रान्सफर मार्फत पठाएको रकम अव सांग्रिला बैंकबाट पनि झिक्न सकिने
काठमाडौं, ९ असार । सांग्रिला डेभलपमेन्ट बैंक र भाटभटेनी मनी ट्रान्सफर प्रा.लि बीच विप्रेषण कारोबारमा सहकार्य गर्ने सम्झौता भएको छ। सो सम्बन्धी सम्झौता पत्रमा बैंकका प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र भाटभटेनी मनी ट्रान्सफर प्रा.लि का प्रबन्ध निर्देशक राजन कुमार अमात्यले हस्ताक्षर गरेका छन् ।
सम्झौतासँगै अव स्वदेश तथा विदेशबाट भाटभटेनी मनी ट्रान्सफर मार्फत पठाएको रकम सांग्रिला बैंकको शाखा कार्यालयहरुबाट प्राप्त गर्न सक्ने छन् । बैंकको हाल मुलुकभर ८५ वटा शाखा कार्यालय संचालनमा छ ।