जनता बैंकका कर्मचारीलाई ल्यानले अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण दिने

काठमाडौं, ९ असार । जनता बैंक र लिडरसिप एकाडेमि नेपाल (ल्यान) बीच जनता बैंकका कर्मचारीको क्षमता अभिबृद्धि र नेतृत्व बिकास तालिम संचालन गर्ने सम्झौता भएकोछ । उक्त सम्झौता पत्रमा जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुंवर क्षेत्री र ल्यानका फाउण्डर तथा सिटिओ अरुण राज जोशीले हस्ताक्षर गरेका छन् ।
योसँगै अव जनता बैंकको विभिन्न तहका कर्मचारीहरुलाई क्षमता अभिबृद्धि र नेतृत्व विकास सम्बन्धि अन्तराष्ट्रिय स्तरको शिक्षा तथा तालिम दिइने छ । ल्यानले अमेरिकाको राइस् विश्वविद्यालयको उच्च स्तरीय तथा अन्तराट्रिय स्तरको सिप बिकास, व्यवसायीक दक्षता तथा नेतृत्व बिकास सम्बन्धि शिक्षा आवश्यकता अनुसार बिभिन्न तहका कर्मचारीहरुलाई प्रदान गर्ने जनाइएको छ।