Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

टानको निर्वाचन भद्रौ २० मा, नेतृत्वका लागि आकांक्षीहरु थपिदै

टानको निर्वाचन भद्रौ २० मा, नेतृत्वका लागि आकांक्षीहरु थपिदै

काठमाडौं, १७ असार । ट्रेकिङ एजेन्सिज एसोसिएन अफ नेपाल (टान)को निर्वाचन आगामी भदौ २० गतेका लागि घोषणा गरिएको छ। निर्वाचन आउँन अझै २ महिना बाँकी छ । तर पदयात्री व्यवसायीहरुलाई निर्वाचनले छोइसकेको छ।

कसलाई भावी अध्यक्ष बनाउने भन्नेमा पूर्वअध्यक्ष सहित विभिन्न राजनीतिक पार्टी आवद्ध व्यवसायीक संगठनहरु छलफलमा जुट्न थालिसकेका छन् भने आकांक्षीहरु पनि दाबेदारी प्रस्तुत गर्दै व्यवसायीको मन जित्न तिर लागेका छन् ।

त्यस्तै गणेश हिमालय पर्यटन विकास समितिका अध्यक्ष एवं नेपाल अल्टरनेटिभ ट्रेक्सका प्रबन्ध निर्देशक तेजबहादुर गुरुङले आगामी निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने जनाउ दिएका छन् । यसअघि टानको प्रथम उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका उनले टानलाई थप सशक्त बनाउन र व्यवसायीक समस्या हल गर्न उम्मेदवारी दिन लागेको जनाएका हुन ।

टान अहिले आर्थिक तथा अन्य सबै किसिमबाट जर्जर अवस्थामा रहेको भन्दै उनले त्यसबाट मुक्ति दिलाउन एकपटक नेतृत्व गर्न व्यवसायीक दबाब आएको उनको दाबी छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x