राष्ट्र बैंकको मर्जर नीतिलाई सहयोग गर्ने बैकर्स संघको निष्कर्ष, बिहीबार सम्म सबै बैंकले मर्जर समिति गठन गर्ने
काठमाडौं, १७ असार । नेपाल राष्ट्र बैंकले आगामी मौद्रिक नीति अगावै मर्जरको लागि साझेदार खोज्न बैंकहरुलाई निर्देशन दिएसँगै बैंकर्सहरु छलफलमा जुटेका छन् । सो निर्देशनबारे छलफल गर्न आज नेपाल बैंकर्स संघको पूर्ण बैठक आह्वान गरिएको थियो ।
बैंकले राष्ट्र बैंकको नीतिलाई सक्दो सहयोग गर्ने निष्कर्ष निकालेको छ । त्यसका लागि बिहीबारसम्म सबै बैंकले मर्जर समिति गठन गर्ने र यो अवधीमा कुन बैंकको कुनसँग मर्जरका लागि छलफल भइरहेको छ भन्ने राष्ट्र बैंकलाई गराउने निर्णय भएको छ।
राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले गत असार १२ गते वाणिज्य बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएर मौद्रिक नीतिअघि नै मर्जरको प्रस्ताव ल्याउन निर्देशन दिएका थिए ।
निर्देशनसँगै मेगा र ग्लोबलआइएमई, प्राईम कमर्सियल र सेञ्चुरी बैंकबीच मर्जरका लागि छलफल सुरु भएको बताइएको छ। यो विषयमा आजको संघको बैठकमा पनि छलफल भएको थियो ।