Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

वित्तीय क्षेत्रमा सम्पत्ती शुद्धीकरणको मुद्दा पेचिलो बन्दै गयो : अर्थमन्त्री खतिवडा

वित्तीय क्षेत्रमा सम्पत्ती शुद्धीकरणको मुद्दा पेचिलो बन्दै गयो : अर्थमन्त्री खतिवडा

काठमाडौं, १७ असार । अर्थमन्त्री डा. युवराज खतिवडाले वित्तीय क्षेत्रमा सम्पत्ती शुद्धीकरण लगायतका मुद्दा अझै पेचिलो बन्दै गएको बताएका छन् । नेपाल धितोपत्र वोर्ड र ओइसिडीले संयुक्त रुपमा काठमाडौमा आयोजना गरेको ‘एसईबीओएन–ओईसीडी इन्टरनेशनल कन्फ्रेन्स एण्ड राउन्टेबल अन फाईनान्सियल कन्जुमर प्रोटेक्सन एण्ड एजुकेशन ईन एशिया–प्यासिफिक’ अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन ।

उनले जानेर वा नजानेर मान्छेहरु सम्पत्ती शुद्धीकरणका विषयमा परिरहेको र बाह्य मात्रै नभई आन्तरिक कारोबार पनि कानुनका दृष्टिकोणबाट उपयुक्त नदेखिएको जानकारी गराए ।

बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले सम्मेलन पुँजी बजारमा अन्तर्राष्ट्रिय अभ्यासबारे जानकारी लिने महत्वपूर्ण अवसर भएको बताए । उक्त सम्मेलनमा नेपाल सहित अमेरिका, दक्षिण अफ्रिका, अस्ट्रेलिया, काजकिस्तान, सिंगापुर, थाइल्यान्ड, भुटान, चीन, भारत लगायत अन्य देशका पुँजीबजार विज्ञ सहित पुँजी बजार सम्बद्ध संघसंस्थाका १ सय २५ जना सहभागी छन् ।

काठमाडौंको होटल याक एन्ड यतीमा दुई दिन सम्म चल्ने सम्मेलनमा पुँजी बजारबारे विभिन्न समूहमा छलफल गरिने छ । सम्मेलन नेपालमा पहिलो पटक आयोजना गरिएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x