मर्जरमा जान सहमति गरेका ५ बैंक तथा वित्तीय संस्थाको सेयर कारोबार रोक्का
काठमाडौं, २२ असार । मर्जर र एक्विजिसनमा जान सहमति पत्रमा हस्ताक्षर गरेका ५ वटा बैंक तथा वित्तीय संस्थाको सेयर कारोबार रोक्का भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ग्लोबल आईएमई बैंक, जनता बैंक, प्राइम कमर्सियल बैंक, कैलाश विकास बैङ्क, सूर्योदय लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरेको हो ।
शुक्रबार ग्लोबल आईएमई र जनता बैंक र प्राइम र कैलाश विकास बैंक बीच मर्जरका लागि हस्ताक्षर गरेका थिए ।